
नेपालगन्ज । कोहलपुर नगरपालिका ११ चौराह स्थित डिउटीमा रहेको प्रहरीको मृत्यु भएको छ ।
आइतबार राती १० बजेतिर शम्शेरगञ्जबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ६४३६ नम्बरको ट्रक डउटीमा भएकी महिला प्रहरी जवान कविता बुढाथोकीको अनियन्त्रीत भई शरिरमा पल्टीएर गई मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका ७ की कविता बुढाथोकी रहानुभएको छ । उहाँ कोहलपुर ईलाकामा कार्यरत हुनुहुन्थ्यो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हिमालय शाहका अनुसार आइतबार राती दुर्घटनामा पनि मृत्यु भएको बताउनुभयाे । ‘शम्शेरगञ्जबाट नेपालगञ्ज जाँदै गर्दा सडकको दक्षिण तर्फको किनारमा ठक्कर खाएपछि प्रहरीको शरिर माथि पर्ने गएको देखिन्छ, उहाँले भन्नुभयाे, ‘त्यो समयमा मृत्यु भएकी महिलाको भे ८ ब ४०६८ नम्बरको स्कुटी पूर्ण रुपमा क्षति भएको छ ।’ सोही स्थानमा अर्को भे १० प ४६२४ नम्बरको स्कुटी समेत पूर्ण रुपमा क्षति भएको प्रमुख शाहले बताउनुभयाे ।
प्रमुख शाहका अनुसार सवारी चालक बबई गाउँपालिका ६ का लोकराज केसी रहेको खुलेकाे छ । उहाँको ‘वि’ मात्र लाइसेन्स रहेको छ । ट्रक र सवारी चालक अहिले कोहलपुर इलाका प्रहरी कार्यालयले नियन्त्रण लिएको छ ।





