कांग्रेस बाँकेद्वारा गणेशमानको शालिकमा माल्यार्पण

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले नेपाली राजनीतिका सर्वोच्च नेता गणेशमान सिंह त्याग र निष्ठाका प्रतिमूर्ति भएको बताउनुभएको छ ।

बाल्मिकीले लौह पुरुषको उपनामले चिनिने पार्टीका संस्थापक नेता सिंहले देखाएको बाटोमा कांग्रेस हिंड्न सके पार्टीसंगै मुलुकको पनि भलो हुने बताउनुभयो ।

नेपाली कांग्रेस बाँकेले आज विहान स्वर्गीय सिंहको २६औं स्मृति दिवसका अवसरमा नेपालगञ्जको गणेशमान चोकमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा जिल्ला सभापति नारायणप्रसाद गौडेलले २०४६ सालको प्रथम जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंह नेपाली राजनीतिका आदर्श नेता भएको बताउनुभयो ।

पदको लालचा नराखेर पार्टी बनाउने कर्ममा लाग्नुपर्ने पाठ सिंहबाट सिक्नुपर्ने भन्दै उहाँले आफूले पाएको प्रधानमन्त्री पद पनि त्याग्ने त्यागी नेता सिंहमा समावेशी राजनीतिको परिकल्पना रहेको बताउनुभयो । त्यसक्रममा सभापति गौडेलले स्वर्गीय सिंहको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, पूर्व सभापति कृष्णमान श्रेष्ठ, स्वर्गीय सिंहकी कान्छी सुपुत्री मिता सिंह लगायतले स्वर्गीय सिंहको राजनीतिक व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।

पार्टी उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सहसचिव रेणु सिंह ठाकुरले गर्नुभएको थियो ।

Previous articleअवधी पत्रकार संघद्वारा सांसद तिवारी सम्मानित
Next articleनेपालगञ्ज बसपार्कमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here