शान्तिपुरमा फुटबल प्रतियोगिता : वडा नम्बर ४ र ८ बिजयी

बढैयाताल, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं १ स्थित शान्तिपुरमा संचालित दोश्रो वडास्तरीय फुटबल प्रतियोगितामा बुधबारको खेलमा वडा नम्बर ४ र ८ बिजयी भएको छ ।

जगदम्बिका माध्यमिक बिद्यालयको खेल मैदानमा जारी प्रतियोगितामा बुधबार भएको दुई खेलमध्ये पहिलो खेलमा वडा नम्बर ४ र ८ पेनाल्टी शुटआउटमा बिजयी भएको हो ।

पहिलो खेलमा निर्धारित समयमा वडा नम्बर ८ र ९ बराबरीमा पुगेपछि पेनाल्टी सुटमा वडा नम्बर ९ लाई ५ गोल विरुद्ध ६ गोल प्रहार गर्दे वडा ८ बिजयी भएको हो ।

यस्तै दोस्रो खेलमा पनि निर्धारित समयमा वडा नम्बर ४ र ७ बराबरीमा पुगेपछि भएको पेनाल्टी सुटमा वडा नम्बर ७ लाई २ गोल विरुद्ध ५ गोल प्रहार गर्दै वडा नम्बर ४ बिजयी बनेको हो ।

दुबै खेल कडा प्रतिष्पर्धाका कारण रोमाञ्चक बनेको थियो । न्यु शान्ति स्पोर्ट्स क्लबको आयोजना तथा बढैयाताल गाउँ पालिका वडा नम्बर १ को समन्वयमा सो प्रतियोगिता संचालन गरिएको छ ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीले सहभागिता जनाएको क्लबका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो । खेलमा प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

Previous articleगायिका ज्योति मगरले आई लभ यू सोल्टी भनेपछि…
Next articleनेपालगञ्जमा मेट्रिक घर नम्बर प्रणाली शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here