नेपालगञ्ज महोत्सवमा दर्शकको माग : बुधबार पनि पासवानको प्रस्तुती रहने

नेपालगञ्ज । नेपालगञ्जमा संचालित महोत्सवको १२ औं दिन चर्चित गायिका रचना रिमालको प्रस्तुतीमा दर्शक रमाएका छन् । महोत्सवमा रचनाले प्रस्तुत गर्नुभएको उनको प्रिती पहिले हो की मेरो प्रिती पहिले बोलको चर्चित गीतमा महोत्सवका दर्शक खेलेरै रमाएका थिए ।

महोत्सवमा रचनाले स्टेजबाट तल झरेर एकपछि अर्का दर्शकको हात समाउदै गीत गाउँदा दर्शकहरु निकै रमाएका थिए । पहेलो पहिरनमा सजिएर रचनाले स्टेजमा गीत गाउँदा महोत्सवका दर्शकहरुको लठ्ठै परेका थिए ।

रचनाले फोटो फिरिममा माया पिरिममा, मिनीरल वाटर, चाहान्छु माया बढोस, टन्न पैसा कमाउला भन्थेउ, तिमी त पेखरेली, सन न पियारी भन पियरा, तिमीलाई स्कुटर किन्दीउला सपनिमा तिमीलाई कारै किन्दीउला सपनिमा सम्झिने पानी छम्किने, ढुंगेधारा अझैनी धोको पुगेन र लगायतको चर्चित चर्चित गित प्रस्तुतीमा महोत्सवका बृद्ध, यवा, बालबालिका सबै समुहका दर्शकहरुले भरपुर्ण मनोञ्जन लिएका थिए ।

यस्तै चर्चित डान्सर तथा टिकटक स्टार प्रिती पासवानले आफ्नो प्रस्तुतीले महोत्सवका दर्शकलाई नचाउनु भएको थियो । महोत्सवमा प्रितीले बसन्त नै बस्न खोज्छ यहा लौलाएर यो हो मेरो प्यारो भन्दा प्यारो माईती घर माईती घर, कि नुबु खरभुजा भईल, दिसेम्वरको जान जाएगा, बदनामी राजाजी, आम ले लो, कम्मरिया जीन्दगी भर रहिए राजाजी, छुले छुले आ मुझे छुले, दिवानी मे दिवानी साजन की दिवानी लगायतको गीतमा दमदार प्रस्तुती रहेको थिए ।

नेपालगञ्जका दर्शकले प्रितीको रोमाञ्चक नृत्यमा खुलेरै झुमी झुमी नाचेका थिए । प्रितीले करिब एक दर्जन बढी नेपाली तथा भोजपुरी चर्चित चर्चित गीतमा नृत्य प्रस्तुत गर्नु भएको थियो ।

महोत्सवमा गायक तथा उद्घोषक अनुप बढा मगरले पनि आफ्नो प्रस्तुतीले महोत्सवका दर्शकलाई भरपुर्ण मनोञ्जन गाराउनुभएको थियो । उहाँले पनि आधा दर्जन बढी चर्चित चर्चित गीत गाएर दर्शकलाई नचाउनुभएको थियो ।

महोत्सबमा चर्चित र्चिचत कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । महोत्सवमा हरेक दिन विभिन्न खाले बाल उद्यानका खेलहरु, थारु गाउँमा विभिन्न थारु परिकारका स्वाद लिन सकिने लगायतका विभिन्न खाले मनोरञ्जन लिन सकिने मनोरञ्जनात्मक प्रदशनीहरु रहेको संयोजक नन्दु बुढाले जानकारी गराउनुभयो ।

कार्यक्रमको संचालन बर्षा पाण्डे र अशोक रावलले गर्नुभएको थियो । यस्तै बुधवार चर्चित लोकदोहरी गायक पशुपति शर्मा, मोडल तथा टिकटक स्टार प्रिती पासवान, लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक बुढाले जानकारी दिनुभयो । नेपालगञ्ज महोत्सवमा दर्शकको मागलाई मध्यनजर गर्दै मोडल तथा डान्सर पासवानको बुधबार पनि प्रस्तुती रहने आयोजनले जनाएको छ ।

Previous articleयु–१६ कप क्रिकेट : फाइनलमा नेपालगञ्ज सेन्ट जेभियर्स र मंगल प्रसाद भिड्ने
Next articleजानकीको सार्वजनिक सुनुवाई : ६ बुँदे प्रतिबद्धता सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here