एक युवतीलाई यौन पेसामा लगाएको आरोपमा महिला पक्राउ

नेपालगन्ज । पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी २० वर्षीया अलिया खातुन छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकी खातुनविरुद्ध पर्सा जिल्ला अदातबाट मानव बेचबिखन तथा ओसार पसारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीका सूचना अधिकारी तथा डीएसपी किशोर लम्सालले बताउनुभयाे ।

यही वैशाखको २१ गते एक युवतीलाई उनले नयाँ कपडा किनिदिन्छु भन्दै भारतको रक्सौल पुर्‍याएकी थिइन् । त्यहाँ लगेर ती युवतीलाई उनले यौन पेसामा लगाएको प्रहरीले बताएको छ । ती युवतीलाई उद्धार गरेर नेपाल फिर्ता ल्याइएको डीएसपी लम्सालले बताउनुभयाे ।

यसअघि पनि खातुन अन्य बालिकाहरुलाई यसैगरी भारत लगेर यौन पेसामा लगाउने गरेको भन्ने सूचना आएकाले त्यसतर्फ पनि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

Previous articleबृहत्तर लुम्बिनी गुरूयाेजनाकाे बहस सुरू
Next articleनेपालगन्जमा प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here