अख्तियार नेपालगञ्जमा स्थानीय तहका उजुरी बढी

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् ।

लुम्बिनी प्रदेशका चार वटा जिल्ला कार्यक्षेत्र रहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जमा चालु आर्थिक वर्ष २०८२र८३ को सात महिनामा स्थानीय तहका १ सय १७ वटा उजुरी परेका छन् ।

शाखा अधिकृत कुशल न्यौपानेका अनुसार चालु आर्थिक वर्ष २०८२र०८३ को माघ २५ गतेसम्मको अवधिमा स्थानीय तहका उजुरी बढी परेका हुन् । यसमध्ये ४३ वटा फर्छ्यौट भएका छन् भने ७४ वटा छानबिनको प्रक्रियामा रहेका छन् ।

यसैगरी चालू आर्थिक वर्षमा अख्तियारको कार्यक्षेत्रका चार जिल्लाका ९ वटा स्थानीय तहका उजुरी परेका छन् । त्यसमध्ये सबैभन्दा बढी २५ उजुरी बर्दियाको बढैयाताल गाउँपालिकाको परेका छन् । त्यसपछि १८ वटा उजुरी दाङको तुलसीपुर उपमहानगरपालिकासँग सम्बन्धित उजुरी परेका छन् ।

१७ वटा उजुरी दाङकै घोराही उपमहानगरपालिका, १६ वटा बाँकेको कोहलपुर नगरपालिका, १५ वटा नेपालगञ्ज उपमहानगरपालिका, १५ वटा बाँकेकै नरैनापुर गाउँपालिका, १३ वटा बर्दियाको बारबर्दिया नगरपालिका, १२ वटा दाङको लमही नगरपालिका र १० वटा बाँकेको डुडुवा गाउँपालिकासँग सम्बन्धित उजुरी परेको सूचना अधिकारीसमेत रहनुभएका न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार अन्य ७६ वटा उजुरी अख्तियारको कार्यालयमा परेको छ । यसरी जम्मा २ सय १७ वटा उजुरीमध्ये ८८ वटा उजुरीका सम्बन्धमा छानबिन भइ फर्छ्यौट भएका छन् । बाँकी १ सय १९ वटा उजुरीका सम्बन्धमा छानबिन चलिरहेको छ ।

दाङ, बाँके, बर्दिया र रोल्पा जिल्ला गरेर अख्तियारमा हालसम्म जम्मा ४ सय ७१ वटा उजुरी परेको छ । यसमध्ये १८५ उजुरी सम्बन्धमा छानबिन सम्पन्न भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । बाँकी २८६ उजुरी सम्बन्धमा छानबिन प्रक्रिया चलिरहेको छ ।

Previous articleठूलो दलमा आएपछि विश्वास बढ्यो: इश्तियाक राई
Next articleविकास र समृद्धिको लागि छातामा मतदान गर्न कमरुद्दिन राईको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here