
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल र लाेकतान्त्रिक समाजवादी पार्टीबीच एकता भएकाे छ । पार्टीकाे केन्द्रीय निर्णय अनुसार दुई पार्टीबीच एकता गरिएको हाे ।
आइतबार कपिलवस्तुकाे ताैलिहवामा एक कार्यक्रमबीच दुई पार्टी समायोजन भएका छन् । जसपा नेपालका लुम्बिनी प्रदेश अध्यक्ष राम औतार यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै पार्टीका नेता तथा केन्द्रीय सचिव कमरूद्दिन राईले अबकाे निर्वाचनका लागि संगठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयाे ।

‘जसपा नेपाल यस्ताे पार्टी हाे, जहाँ सबै समुदाय अट्न सक्छ,’ नेता राईले भन्नुभयाे, ‘अबकाे निर्वाचनमा पार्टी अझ मजबुत बनाउन जरूरी छ ।’ साथै उहाँले पछिल्लो समय जसपा नेपालका कार्यकर्ता अन्य पार्टीमा प्रवेश गरेकाे कार्यकर्तामा भ्रम छर्न प्रचार गरिएको नेता राईले दाबी गर्नुभयाे ।
‘बाँकेमा जसपा नेपालका कार्यकर्ता अन्य पार्टीमा प्रवेश गरेकाे घट्नामा सत्यता छैन,’ नेता राईले भन्नुभयाे, ‘याे त केवल पार्टीलाई कमजाेर बनाउन भ्रम फैलाइएकाे छ ।’ समायाेजन कार्यक्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य अम्बिका काफ्ले, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री राम अचल यादव लगायतकाे नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

पार्टीबीच एकता भएपछि ५१ सदस्यीय लुम्बिनी प्रदेश कार्यसमिति चयन गरिएको छ । यसरी नवगठित प्रदेश समितिकाे अध्यक्षमा राम अवतार यादव रुपन्देही, उपाध्यक्ष नागेन्द्र अग्रहरी परासी, बाबु खाँ पठान बाँके, अरबिन्द शर्मा बाँके, शिव पूजन यादव कपिलवस्तु, चन्द्र धामा हरिजन परासी र मुख्य सचिवमा शिव कुमार चौधरी दाङ रहनुभएकाे छ भने अन्य जिल्ला समेटर सदस्यहरू चयन गरिएको छ ।
लुम्बिनी प्रदेशकाे नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जसपा नेपालकाे संगठन बलियाे तथा पकड भएकाे क्षेत्रका रूपमा रहेकाे जसपा नेपाल बाँकेका जिल्ला सचिव सूर्यलाल यादवले बताउनुभयाे । उहाँका अनुसार प्रदेशस्तरमा एकता भएकाले साेही निर्देशन अनुसार अब जिल्ला जिल्लामा एकता हुनेछ ।





