नौ कक्षाका विद्यार्थीले बनाए हत्केला आकारको कम्युटर, मुख्यमन्त्रीले दिए बधाइ

एजेन्सी । भारतको तिरुवरुर जिल्लाको कक्षा नौ मा अध्ययनरत विद्यार्थी एसएस माधवले हत्केलाको आकाको कम्प्युटर बनाएका छन् ।

मुख्यमन्त्री स्टालिनले उनको अद्भुत रचनाको लागी बधाइ दिँदै शुभकामना दिनुभएको छ । माधवको आविष्कारको सराहना गर्दै स्टालिनले माधवलाई कम्युटरसम्बन्धी अध्ययन र अनुसन्धानका लागि सहयोग गर्ने बताउनुभयो ।

कोभिडका कारण विद्यालय बन्द हुँदा माधवले अनलाइनमा जाभा, पाइथन, सी, सी प्लस प्लस र कोटलिन जस्ता सफ्टवेयर प्रोग्रामहरुको अध्ययन गरे ।

पछिल्लो दुई बर्ष उनले हत्केलाको आकारको सीपीयू निर्माणमा समय बिताए र उनी सफल पनि भए । उनले मुम्बईका विक्रेताहरुबाट आवश्यक पार्ट्स, मदरबोर्ड खरिद गरी डिजाइन गरेका थिए ।

माधवका अनुसार २० पटक असफल भएपछि उनले २१ औं प्रयासमा सफलता प्राप्त गरेका थिए । उनीले ८ हजार रुपैयाँमा मिनी सीपीयू अनलाइनमार्फत बेच्न थालेका छन् । उनले टेराबाइट इंडिया सीपीयू मैन्युफैक्च रिंग कम्पनी नामक एक कम्पनी पनि खोलेका छन् ।

एक टेलिभिजन च्यानलसँग कुरा गर्दै माधवले विभिन्न आउटलेटहरु १,००० देखि २,००० रुपैयाँ सम्म खुद्रा बेच्न चाहेको बताए ।

उनले अहिलेसम्म १५ वटा सीपीयू बनाएर बेचिसकेका छन् । माधवकी आमाका अनुसार लकडाउनमा समय बर्बाद नगर्न माधवले कम्प्युटर कक्षासमेत लिएका थिए ।

Previous articleजातीय तथा वर्गीय आधारको आरक्षण हटाउन सर्वोच्चको आदेश
Next articleफुल्टेक्रा माध्यमिक बिद्यालय भवन निर्माणबारे सूचना माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here