कोरोना बिरुद्धको खोपबारेको भ्रम चिर्न गाउँमा अभिमुखिकरण

नेपालगञ्ज । नेपालगञ्जको वडास्तरमा कोरोना बिरुद्धको खोपबारे जानकारी गराउन थालिएको छ । सरकारले कोरोनाबाट बच्नका लागि निरन्तर खोप अभियान संचालन गरिरहेको भएपनि ग्रामीणस्तरका जनताहरुमा खोपबारेको शंका हटाउन अभिमुखिकरण संचालन गरिएको छ ।

सोही क्रममा मंगलबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ को खटकनपुर गाउँमा कोरोना खोप सम्बन्धि अभिमुखिकरण गरिएको छ । गाउँमा रहेका महिला पुरुष, अपाङ्ग व्यक्तिहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले खोप बारेको अभिमुखिकरण शुरु गरेको छ । अभिखिकरणका क्रममा नेपालगञ्जका थुप्रै व्यक्तिहरु अझै पनि कोरोना बिरुद्धको खोपबाट बन्चित रहेको पाइएको छ ।

अभिमुखिकरणमा सहभागि केही व्यक्तिहरुले गाउँ घरका व्यक्तिहरु खोप कार्यक्रममा सहभागि हुन नपाएको बताएका छन् । स्थानीयको भनाईपछि वडा नं १३ का कार्यबाहक अध्यक्ष ओमप्रकाश चौहानले खोप कार्यक्रम संचालन हुने समयमा उक्त गाउँका व्यक्तिहरुलाई आफ्नै रोहबरमा खोप कार्यक्रममा समाबेश गराउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममार्फत कोरोना भाइरसबारे साझा बुझाई तथा खोपबारेको बुझाई, स्वास्थ्य मापदण्ड, खोप कार्यक्रमको प्रभावकारीता, फाईदा जस्ता कुराहरुबारे जानकारी प्रदान गरिएको एस डि एफका सिनियर फिल्ड अधिृकत सहजराम यादवले जानकारी दिनुभयो ।

जोखिम संचार र सामुदाय संलग्नता परियोजना अन्र्तगत संचालन गरिएको अभिमुखिकरण कार्यक्रममा प्रदेश स्तरीय अपाङ्ग संजालका अध्यक्ष टेकराज जैसी, नगरस्तरीय अपाङ्ग संजाल नेपालगञ्जका पुष्प प्रसाद उप्रेती र युवा सांसद साहिल अन्सारीको उपस्थिति रहेको थियो ।

Previous articleडुडुवा गाउँपालिका वडा नं.५ बालविवाह मुक्त घोषणा
Next articleसूर्यको पूजा आराधना गरि छठ पर्व मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here