कोरोना पुष्टि : आठ जनाको यात्रा हिस्ट्री शून्य !

बाँके । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार बाँके, बर्दिया र सुर्खेतका पुष्टि भएका संक्रमतिमध्ये आठ जनाको कुनै यात्रा इतिहास नभएको खुलेको छ ।

संक्रमतिमध्ये खजुरा ६ का ३७ वर्षीय पुरुष भने बैदेशिक रोजगारीबाट फर्किएका हुन । नौ जनामा नेपाली सेनाका दुई, नेपाल प्रहरीका एक, दुई जना सरकारी अफिसर, एक जना कार्यालय सहयोगी, एक जना कैदीबन्दी र एक जना सवारी चालक रहेको खुलेको हो ।

संक्रमित छ जनामा स्वास्थ्य सम्बन्धी कुनै समस्या नरहेको भेटिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी तीन जनामा स्वास्थ्य समस्या रहेको छ ।

एक जनामा मधुमेह, एक जनामा खोकी लागेको र एक जनामा स्वास्थ्य सम्बन्धी समस्या रहेको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । उनीहरु सबैलाई आइशोलेशनमा राखिएको छ ।

Previous articleदुई चिकित्सकसहित थप १२ जनामा कोरोना संक्रमण
Next articleलागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here