लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

हरिश्चन्द्र बाग
कञ्चनपुर । बेलौरीबाट २२ ग्राम ९ मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

आइतबार बेलौरी नगरपालिका वडा न–१० सडकघाटबाट भारतको पिलिभित कम्पोजनगरका २२ वर्षीय गोबिन्द सिंह र २० वर्षीय राजबीर सिंहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

भारतीय क्षेत्रबाट नेपालतर्फ बेच्न ल्याइरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो । उनीहरूमाथि लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने छ ।

Previous articleकोरोना पुष्टि : आठ जनाको यात्रा हिस्ट्री शून्य !
Next articleनेपालगञ्जमा एक वडाअध्यक्ष र उपमहानगरपालिका कर्मचारीमा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here