
नेपालगञ्ज । बाँके प्रहरीले जिल्लाको कोहलपुर क्षेत्रबाट दुई जनालाई लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका वडा नं १० चट्टारका २० वर्षीय प्रमोद चौधरी र २२ वर्षीय बिनोद चौधरीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
बुधबार साँझ करिब ६ बजेको समयमा कोहलपुर वडा नं १४ हवल्दारपुरमा मोटरसाईकलमा रहेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा प्रमोदको गोजाबाट १ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेको कोहलपुर प्रहरीले जनाएको छ ।
उनीहरुको साथमा रहेको एक थान स्क्रिन टच मोबाईल, भे.६प.६६२५ नंम्बरको १५० सिसिको पल्सर मोटरसाईकल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।





