नेपाली चलचित्र कबड्डी ४ को ट्रेलर सार्वजनिक

नेपालगञ्ज । नेपाली फिल्म कबड्डी–४ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ड्रामा, रोमान्स र राजनीतिलाई समेटेर उत्कृष्ट बनाइएको छ ।

जेठ १३ गतेदेखि प्रदर्शनीमा आउन लागेको यस फिल्ममा दयाह्याङ राई, सौगात मल्ल, मिरुना मगर, गाउमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल र स्व.जयनन्द लामाको मुख्य भुमिका रहेको छ ।

यस फिल्मको निर्देशन रामबाबु गुरूङले गर्नुभएको छ । विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले फिल्म निर्माण गर्नुभएको हो ।

फिल्मलाई निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेख्नुभएको छ । निमेश श्रेष्ठको सम्पादन रहेको फिल्मलाई शैलेन्द्र डि.कार्कीले छायांकन गर्नुभएको छ ।

कबड्डीको चौथो सिक्वेलमा निर्माण भएको यो कबड्डी ४ लाई द फाइनल म्याच भनिएको छ । यो फिल्म जेठ १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

Previous articleबाँकेको कोहलपुर क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ
Next articleदाङको दुई उपमहानगरपालिकामा १५ महिला उम्मेदवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here