
बारबार्दिया । शैक्षिक बर्ष २०७९ मा बिद्यार्थी भर्ना कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्न आज संगसस्थाहरुबीच समन्वय बैठक बसिएको छ ।
“सबै बालबालिकालाई बिद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौं” भन्ने नाराका साथ पालिकास्तरमा रहेका बिधालयका प्रधानाध्यपकबीच बैठक बसी भर्ना अभियानलाई प्रभावकारी बनाउन बिभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरिएको छ ।
बैठकमा अभिमुखिकरण गर्ने, सबै बिधालयका लागि साझा कार्यक्रमको कार्ययोजना निर्माण गर्ने, साथै हरेक बिधालयका शिक्षक कर्मचारी, बिधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी बिधार्थीबीच भर्ना अभियानका बारेमा छलफल तथा अन्तरक्रिया गर्ने, जिम्मेवारी बाडफाट गर्ने, टोल भेला कार्यक्रम संचालन गर्ने, टोल समिति गठन तथा अभिभावक परिचालन, साथीको खोज अभियान अन्तर्गत ‘म ल्याउँछु मेरो साथीलाई मेरो बिधालय’, बिधालयमा बालबालिकाहरुलाई स्वागत, बिधालयमा भर्ना कार्यक्रमको जिंगल बजाउने, बिधार्थीको संक्षिप्त अभिलेख ब्यबस्थापन गर्ने, सहज रुपमा भर्ना हुन नसक्ने बालबालिकाहरुलाई घरमा पुगेर भर्ना अभियान संचालन गर्ने, कठिन अवस्थाका बालबालिकाको पहिचान र रिफरल सेवा दिने जस्ता बिषयमा जोड दिँदै अन्तक्रिया गरिएको छ ।
बैठकमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेका सिकाई परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले बारबर्दिया नगरपालिकासंगको समन्वयमा २ वटा परियोजना संचालन भएको र पुर्वप्राथामिक तहका बालबालिकाहरुको शैक्षिक गुणस्तिर बृद्दि गर्न नमुना कक्षाकोठा व्यवस्थापनका लागि सामाग्री सहयोग गरिएको बताउनुभयो ।
उहाँले यसका साथै परियोजना अन्तर्गत शिक्षकहरुको क्षमता बिकास तालिम, पालिकातहमा शिक्षा योजना, शिक्षा नीति निर्माण, पाश्र्व चित्र निर्माणका लागि आवश्यक प्राबिधिक तथा आर्थिक सहयोग गरिएको जानकारी दिनुभयो । यस्तै बैठकले भर्ना अभियानमा दिने जिम्मेवारी तथा आवश्यक सहयोग गर्ने प्रतिबद्दता समेत स्याक नेपालले जनाएको छ ।
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीको अध्यक्षमा बसेको बैठकमा अन्य संस्थाले शिक्षा क्षेत्रमा बारबर्दिया नगपालिकाभित्र गरेका क्रियाकलाप र यसबाट भएको उपलब्धी बारे जानकरी गराएका थिए ।
बैठकलाई बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकानाथ गोसाईले संचालन गर्नुभएको बैठकमा स्याक नेपाल, बिग्रुप बाँके, बिल्डन, बारबर्दिया नगरपालिका शिक्षाशाखाका प्रतिनिधिको सहभागिता रहेको थियो ।





