नेपाल रेडक्रस सोसाइटी दाङ शाखामा चोरी

दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखामा चोरी भएको छ । बुधबार राति शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो ।

चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिनुभयो ।

कक्षामा रहेका सबै दराज र लकरहरु फोरेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन । चोरी भएको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Previous articleवैशाख २० गतेदेखि भर्ना अभियान, प्रभावकारी बनाउन बारबर्दियामा तयारी शुरु
Next articleत्रिविमा परीक्षाफल प्रकाशन कार्यमा व्यापक ढिलासुस्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here