प्रशान्त विष्ट र कमरुद्दिन राई आजपनि विहानैदेखि घरदैलोमा

नेपालगन्ज । स्थानीय तहको निर्वाचन आउन ८ दिन बाँकी छ । उम्मेदवारहरु चुनावी घरदैलोमा व्यस्त भएका छन् ।

नेपाली काँग्रेस र जसपाको गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई विहानैदेखि चुनावी घरदैलोमा निस्कनुभएको छ ।

सम्बृद्ध नेपालगन्ज बनाउने अभियानका साथ चुनावी मैदानमा उत्रिएका विष्ट र राईको जोडीलाई जिताउन मतदाताहरु पनि उत्साहित देखिएका छन् ।

काँग्रेस नेपालगन्ज उपहानगरपालिकाका सभापति समेत रहनुभएका नगर प्रमुख पदका उम्मेदवार विष्ट आज विहानै घरदैलोमा निस्कनु भएको छ ।

विष्टले आज वडा नम्वर ५, ११, १२ र २२ मा घरदैलो गर्दै त्यहाँ आयोजित कोणसभालाई पनि सम्वोधन गर्ने कार्यक्रम छ ।

यस्तै उपप्रमुख पदका उम्मेदवार राई नेपालगन्ज उपमहानगरपालिका ४ घोसी जामा मस्जिद क्षेत्रको घरदैलोमा निस्कनुभएको छ । उम्मेदवारहरु आज आफ्नो प्रतिबद्धतापत्रसहित घरदैलोमा छन् ।

Previous articleखजुरामा गठबन्धनको शक्ति प्रर्दशनसहितको घरदैलो
Next articleजहाँ पुग्छन् पशुपतिदयाल मिश्र, त्यहाँ हुन्छ नाचगान सहितको भव्य स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here