खजुरामा गठबन्धनको शक्ति प्रर्दशनसहितको घरदैलो

खजुरा । नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार आज विहानैदेखि खजुरा बजार क्षेत्रको घरदैलोमा निस्किएको छ ।

खजुरा गाउँपालिका–३ र ४ मा शक्ति प्रदर्शनसहितको घरदैलोमा निस्किएको हो ।

घरदैलो अभियानमा खजुरा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, उपाध्यक्ष मञ्जु मल्ल सहितको टोलीले अभियानको सुरुवात गरेको हो ।

घरदैलो अभियानमा नेपाली कांग्रेस, माओवादीका नेता तथा कार्यकर्ता, शुभचिन्तक, स्थानीयहरुहको उत्साहजनक सहभागिता रहेको छ। घरदैलो अभियानमा गठबन्धनका उम्मेदवारले जनताका समस्या टिपोट गर्दै खजुराका जनताको आयस्तरलाई बढाउन आफूहरुले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

यस्तै आजै खजुरा गाउँपालिका वडा नम्वर १ र २ मा पनि घरदैलो र कोणसभा कार्यक्रमको आयोजना गरिएको छ । वडा नम्वर १ को जनपोखरीबाट रिमझिम चोकसम्म वडा नम्वर २ को सिमलघारीमा घरदैलो गरिएको छ ।

Previous articleबैजनाथको परिवर्तन लागि राजनीतिमा युवाको नेतृत्व आबश्यकः प्रकाश शाही
Next articleप्रशान्त विष्ट र कमरुद्दिन राई आजपनि विहानैदेखि घरदैलोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here