लायन्स क्लब नेपालगञ्जद्धारा नीलसागरलाई खाद्यान्न प्रदान

नेपालगञ्ज । लायन्स क्लब अफ नेपालगञ्जले नीलसागर सेवाश्रमलाई आवश्यक खाद्यान्न सहयोग प्रदान गरेको छ । क्लबका पदाधिकारीहरुले शनिबार सेवाश्रममै पुगेर आवश्यक खाद्यान्न सहयोग स्वरुप प्रदान गरेका छन् ।

सहयोग सामाग्री सेवाश्रमकी संस्थापक अध्यक्ष सरिता खनाललाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै फस्ट भाईस डिष्ट्रिक गर्भनर मुकुट ढकालले लायन्समा आवद्ध सबैको सहभागिता रहेको खण्डमा सेवाश्रमलाई दैनिक आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराउन सकिने भन्दै सबैलाई सक्रिय हुन आग्रह गर्नुभयो ।

लायन्स सामाजिक कार्यमा अग्रसर रहने संस्था भएकाले पनि संस्थालाई नमूना बनाउँदै आवश्यकता भएका स्थानहरुमा सहयोग गर्न सकिए अझै उत्कृष्ट कार्य हुने गर्भनर ढकालले बताउनुभयो ।

यस्तै लायन्स क्लबका पुर्व अध्यक्ष एवं नीलसागर सेवाश्रमका प्रमुख सल्लाहकार कृष्ण प्रसाद श्रेष्ठले पिडामा रहेकाहरुको सेवामा लामो समयदेखि अनवरत सेवाश्रमलाई दिगो बनाउन सबैले सहयोग गर्न अनुरोध गर्नुभयो ।सेवाश्रमलाई दिगो तथा सहाराबिहिनहरुको सहारा बनाउन प्रदेश सरकारले बिगतमा चालेको प्रक्रिया अवरुद्ध भएकाले निर्माणाधिन भवन निर्माणमा अवरोध पुगेको जानकारी दिनभुयो ।

लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष पुष्कर बहादुर खड्काको अध्यक्षमा भएको कार्यक्रममा सेवाश्रमकी संस्थापक अध्यक्ष खनालले सहयोगप्रति धन्यवाद अपर्ण गर्दै सहयोगी दातालाई सम्मान प्रदान गर्नुभएको थियो ।

सेवाश्रमलाई जिरा मसिनो चामल १३ बोरा, अरहर दाल २५ केजी, मसुरो दाल २५ केजी, आलु ४० केजी, नून १५ केजी, सनफ्लोर खाने तेल १० लिटर, बेसार १ केजी, चिनी १२ केजी र फ्रुटी १ पेटी रहेको लायन्स क्लबले जनाएको छ । कार्यक्रमलाई लायन्स अफ नेपालगञ्जका सहसचिव तेज बहादुर रावलले संचालन गर्नुभएको थियो ।

Previous articleखेल पुर्वाधार संरक्षण गर्नु स्थानीय तहको जिम्मेवारी हो : मन्त्री अथक
Next articleबाढी प्रभावितको बिचल्ली : बाला लाग्न थालेको धानबालीमा समेत क्षति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here