‘डान्स प्लस’ का फष्ट रनरअप सुजन मार्पाको ज्यानै बाजी भो बजारमा

काठमाडौ । चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ अभिनित ‘ज्यानै बाजी भो’ बजारमा आएको छ ।

काठमाडौको जोरपाटीस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलनविच मोक्तान डिजिटलको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजानिक गरिएको हो ।

गायक एंव संगीतकार प्रकाश तामाङ तितुङ र प्रयुशा तामाङको आवाजमा रहेको गीतलाई गीतकार कुमार स्याङ्बाले लेखेका हुन भने प्रकाश तामाङ तितुङको संगीत र महाराज थापाको संगीत संयोजन रहेको छ ।

चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङको भिडियो डिरेक्सन र कोरियोग्राफी रहेको छ ।

पवन सुस्लिङले भिडियोको छायांकन, सम्पादन र कलर गरेका हुन । गीतमा डान्सर सुजनसंगै गीता ढुंगानाको सुन्दर नृत्य छ । करिब दुइबर्षको अन्तरालमा डान्सर सुजनले यो भिडियो निमार्ण गरेका हुन् ।

Previous articleतीर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गयो
Next articleपत्रकार महसंघकाे केन्द्रीय साधारणसभा सम्पन्न, सुर्खेत घोषणा पत्र-२०७९ जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here