तीर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

तस्बिर : एनआई

एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेको कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

भारतको केरलामा रहेको सबरीमाला मन्दिरको दर्शन गरेर तमिलनाडुकै सन्मुगासुन्दरपुरम गाउँ फर्किँदै गरेका दश तिर्थयात्री बोकेको कार हिजो बेलुका दुर्घटनामा परेको हो। कार सडकबाट करिब ४० फिट तल खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

घाइते भएका दुई जनाको उपचार भइरहेको खबरमा उल्लेख छ । उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार गम्भीर घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Previous articleनमूना क्षेत्र बनाउने प्रतिनिधिसभा सदस्य ढकालको दाबी
Next article‘डान्स प्लस’ का फष्ट रनरअप सुजन मार्पाको ज्यानै बाजी भो बजारमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here