जनमत र उन्मुक्ति पार्टीबीच यस्तो बिषयमा भयो १२ बुँदे सहमति

काठमाण्डौं । सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सहमति भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका यी दुई दलले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

जनमत पार्टीका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेको सहमतिमा टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न पहल गर्ने, शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट पारित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने लगायत विषय समेटिएका छन् ।

संसदमा जनमत पार्टीका ६ सांसद छन् र उन्मुक्ति पार्टीका ४ सांसद छन् । सम्झौता पत्र

Previous articleइन्धनको मुल्य घट्यो
Next articleसुर्खेतमा वन मुद्दामा फरार गिरी पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here