
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वन मुद्दाका फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–२ ठउरीका ३९ वर्षीय विनोद गिरी रहेका छन् ।
गिरीलाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताउनुभयो ।
उनलाई डिभिजन बन कार्यालय सुर्खेतले वन मुद्दामा २२ असोज २०७७ मा २५ हजार ३१२ रुपैयाँ जरिवाना तोकेको थियो । पक्राउ परेका गिरीलाई डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।





