
नेपालगञ्ज । लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसरमा आयोजना गरिएको साप्ताहिक कार्यक्रम अन्तर्गत आइतबार लायन्स डेन्टल अस्पतालमा निःशुल्क दन्त शिबिर संचालन गरिएको छ ।
अस्पतालमा संचालन गरिएको एक दिने शिबिरमार्फत सेवा लिन आएका २५ जनालाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरिएको हो ।
लयन्स क्लब अफ नेपालगञ्ज, सिनर्जि, रोल्पा र न्युरोडको संयुक्त आयोजनामा उक्र शिबिर संचालन गरिएको थियो । यसका साथै मानव सेवा आश्रम नेपालगञ्जमा खाद्यान्नका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
साबित्रा बस्नेतको संयोजकत्वमा अध्यक्ष मेल्बिन जोन्स डे सेलिब्रेसनका साप्ताहिक रुपमा कार्यक्रम आयोजना गरिएको छ ।






