जानकी-५ का गरिब, बिद्यवा तथा एकल महिलाका लागि कम्बल बितरण

मानपुर । बाँकेको जानकी गाउँपालिका वडा नं-५ का गरिब, बिपन्न, बिद्यवा तथा एकल महिलाहरुलाई जाडो छल्न न्यानो कम्बल बितरण गरिएको छ ।

वडाका करिब दुई सय जना गरीब, विपन्न, विधवा तथा एकल महिलाहरुलाई जाडो छल्नका लागि आइतबार न्यानो कम्मबल वितरण गरिएको हो ।

उनीहरुलाई गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा नं-५ का वडा अध्यक्ष एव गाउँपालिकाका प्रवक्ता टिकानाथ यादव लगायतले बितरण गर्नुभएको थियो ।

सो कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य तथा कार्यवाहक अध्यक्ष जुल्फेकार मनिहार लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो । साथै वडाले छुटेका महिलाहरुलाई वडा कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरेको छ ।

पछिल्लो एक सातादेखि बाँकेमा चिसो लगातार बढिरहेको छ । चिसोका कारण जिल्लाका सबै क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो बढेकै कारण पालिकाहरुले चिसो छल्नका लागि दाउरा बितरण समेत गरिरहेको छ ।

Previous articleदन्त शिबिरमार्फत २५ जनालाई निःशुल्क सेवा प्रदान
Next articleसुत्केरी पशु भत्ता कार्यक्रमले खजुराका किसान पशुपालनतर्फ आकर्षित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here