
कोहलपुर । माघ वृत्तचित्र विमोचन समारोह कोहलपुरमा सम्पन्न भएको छ । मायारा प्रोडक्सनको उद्घाटन मायारा प्रोडक्सन प्रालिका प्रवन्धक श्रीदेवी थारुको ममतामयी आमा माया थारुले उद्घाटन गर्नु भएको थियो ।
उद्घाटनमा बोल्दै प्रमुख अतिथि लाहुराम थारुले नेपाल बहुल जातजाति भाषा, संस्कृति रहेको देश भएकोले सबैको महत्व रहेको र विशेष गरि थारु समुदायको बाहुल्यता रहेको राप्ती सोनारी गाउँपालिकाको वृत्तचित्र निर्माणबाट थारु समुदायले मनाउने नयाँ वर्षको माघ ऐतिहासिक दस्तावेजीकरणको रुपमा रहेको बताउनुभयो । साथै आगामी दिनका पनि निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
बैजनाथ गाउँपालिका ५ का वडा अध्यक्ष देव बहादुर रावतले महिला भएर विश्वलाई चिनाउन वित्तचित्र निर्माण गर्ने हिम्मत ठुलो भएको भन्दै विभिन्न विद्यामा बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । माघ वृत्तचित्रका स्कृप्ट लेखक शेखर दहितले वृत्तचित्र अनुसन्धानको पाटो रहेको धेरै विषयलाई एउटैमा १५,२० मिनेटमा समेट्नुपर्ने चुनौती रहेको बताउनुभयो ।
वृत्तचित्र अनुसन्धान तथा इतिहासको हो जसलाई जीवन्त राख्न र सवैलाई सन्देश पुयाउने कार्य गर्दछ । मायारा प्रालि प्रोडक्सन प्रालिकी एवम् प्रबन्धक श्रीदेवी अध्यक्षतामा भएको विमोचन कार्यक्रमको सहभागीहरुले वृत्तचित्र हेरि आवश्यक सुझाव पनि दिएका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी लगायतको सहाभागीतामा गरिएको थियो भने कार्यक्रम सञ्चालन लक्ष्मी थारुले गर्नुभएको थियो ।





