पृथ्वी जयन्ती बिशेष : राष्ट्र नायक शाहको जति चर्चा गरेपनि कम नै हुन्छ !

नेपाली हामी, रहौला काहाँ नेपालै नरहे..नेपालै नरहे…….गायक नातिकाजीको कालजयी गित हाम्रो देश नेपाल र सबै नेपाली जनताको लागि कति महत्वपूर्ण छ भन्ने सबैलाई थाहा छ । यो गित संगित सुन्ने बितिकै सबै नेपालीलाई बेग्लै आभाष हुन्छ । मेरा साना दु:ख आर्ज्याको मुलुक होइन । सबै नेपाललाई एकतामा बाध्न र २२सै २४ सै मा टुक्रिएको नेपाललाई आफ्नो अथक प्रयास र मेहनतले एकशुत्रमा बाँधी सिंगो नेपालको एकीकरण गर्ने शाह वंशीय राजा श्री ५ बडामाहाराजधिराज पृथ्वीनारायण शाहको जति चर्चा गरेपनि हामी नेपालीलाई कमि नै हुन्छ ।पृथ्वीनारायण शाहलाई हरेक नेपालीले सम्झिनै पर्छ कथम कदाचित पृथ्वीनारायण शाहलाई जो कोहिले बिर्सिने प्रयास गरेमा यो सच्चा नेपाली आमाले जन्माएको सपुत होइन भन्दा फरक नपर्ला । श्री ५ बडामाहाराजधिरज पृथ्वीनारायण शाहको शालिक सहितको चोक चितवन, पोखरा, तनहु, धरान, धादिङ, जाजरकोट, गोर्खामा छ । राष्ट्र निर्माण सच्चा नेपाली नायक श्री ५ बडामाहाराज धिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा हरेक बर्ष सार्बजनिक बिदा दिइन्थ्यिो भने लोकतन्त्रपछि सरकारले त्यो सार्बजनिक बिदा कटौती गर्यो । प्राय सबै नेपाली जनताले सार्बजनिक बिदा कटौती गरेकोमा आआफ्नो ठाउँबाट बिरोध गरे, तर संम्भव भएन ।

ढिलो चाडो हो राम्रो कामको नतिजा राम्रो आउँछ भन्ने जस्तै बडामाहाराजधिराज पृथ्वीनारायण शाहको कामको मुल्यांकन गर्दै यस वर्षबाट सरकारले पृथ्वीनारायण शाह को ३०१ औं जन्मजयन्तीमा पौष २७ सार्बजनिक बिदा दिने निर्णय गरेको छ । यसलाई तपाईंले कसरी लिनु हुन्छ र रास्ट्र निर्मातालाई कसरी मुल्यांकन गर्नु हुन्छ भनेर हामीले विभिन्न व्यक्तिसंग कुराकानी गरेका छौं ।

नितु चन्द – राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नगर अध्यक्ष
श्री ५ बडामाहाराजधिराज पृथ्वीनारायण शाह जस्तो व्यक्ति नभएको भए सायद आज नेपाल भन्ने नाम रहन्थिएन होला । नेपाललाई नेपाल बनाउने एउटा सिंगो राष्ट्र निर्माण गर्ने उहाँको अत्यन्तै महत्त्वपूर्ण योगदान छ । यसको परिणाम स्वरुप आज नेपालीले विश्व सामु गर्व गरेर शिर उचाल्ने अवसर पाएका छौं । बिचमा उहाँलाई सम्झिन छोडेको थियो सरकारले, तर पुनः यस बर्षबाट पौष २७ मा उहाँको सम्मानमा सार्बजनिक बिदा दिएको छ । यो अत्यन्तै राम्रो कुरा हो । हामीले उहाको सम्झ्नामा बिरेन्द्र चोकदेखि त्रिभुवन चोकसम्म र्याली निकाल्दै छौं । रास्ट्र नायक बडामाहाराजधिराजको फोटोमा म्याल्यार्पण र दिप प्रज्ज्वलन गर्नेछों ।

मंगल जिएम – युबा नेता नेपाल शिबसेना
यसपाली सरकारले राष्ट्र नायकको सम्झनामा सार्बजनिक बिदा दिएको छ । सबैलाई निकै खुशीको कुरा हो । सरकारलाई बधाई छ । २२ सै २४ से मा टुक्रिएको राज्य्लाई सिङो नेपाल्को एकीकरण गर्ने हिरो हो उहाँ । केही वर्षदेखि राजनीतिक चलखेलमा बिदा कटौती गरियो धर्म, भाषा, जातियको नाममा । राष्ट्रलाई फुटाई देशलाई बिभाजन गर्यो, अब यो कुरा जनताले बुझ्दै छ्न । पृथ्वीनारायण शाहको योगदान देशको लागि के छ । शिनसेना नेपालले मोटरसाइकल र्याली गर्दै छौं । माल्यार्पण, दिप प्रज्ज्व्व्ल गर्ने छौं साथौ हाम्रो माग छ जसले देशको लागि यति योगदान गर्यो उहाँको उचित सम्मान हुनुपर्छ । जस्तो भारतमा नोटमा माहात्मा गांधीको फोटो छ, यस्तै हाम्रो देशमा पनि राष्ट्र निर्माताको फोटो अंकित पैसा नोट हुनुपर्छ भन्ने हाम्रो जोडदार माग छ । यदि सरकारले हाम्रो माग पूरा गरेन भने हामी निरन्तर संघर्ष गर्ने छौं ।

मोहित शाह – नेकपा एमाले नेपालगंज उपमाहानगरपालिका नगर सचिब
हामीले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताको रुपमा हेर्छौं । उहाँको नाम सुन्दा सबै नेपालीले गौरवको अनुभूति गरौं किन भने विश्वसामु आफुलाई नेपालीको रुपमा चिनाउन सकेका छौं । यो उहाँकै देन हो । कालखण्डमा २२ सै २४ सेमा राज्यलाई एकीकरण गरि सिंगो राष्ट्र निर्माण गर्नुभयो, उहाँ सच्चा नायक हो । उहाँले देखाएको बाटोलाई अनुशरण गर्दै हामी नेपाली जसरी विभिन्न जातजाति, समुदाय, क्षेत्र, भुगोलको मान्छे भएपनि मधेसी, पहाडी, जनजाती, मुस्लिम सबै मिलेर बसेका छांै । यो सरकारले उहाँको सम्झनामा सार्बजनिक बिदा दियो निकै राम्रो निर्णय हो ।

कृष्णा केशी (नमूना) – प्रदेश सांसद माननीय
पृथ्वीनारायण शाहले हिजोको दिनमा गरेको काम निकै सकारात्मक छ । २२ सै २४ से राज्य बिभाजन भएको राज्यलाई एक शुत्रमा बाँधी सिंगो नेपालको नामाकरण गर्नुभयो । उहाँलाई एकताको प्रतिकको रुपमा लिन्छु म । उहाँ हामी नेपालीको जिउँदो इतिहास हो । शाह वंशीय राज्यको इतिहास हो । उहाँको योगदान र उहाँलाई इतिहास सम्झिएर उहाँप्रति जुन सम्मान गरेको छ, यो सरकारको निर्णय स्वागत योग्य छ ।

प्रकाश कुवर – युवा अभियान्ता
सर्बप्रथम निकै खुशी छु, धेरै वर्षपछि राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिएको सरकारको यो निर्णयलाई स्वागत छ । यो देशमा उहाँको योगदान के छ भन्ने कुरा भनि रहनुपर्ने छैन । उहाँको काम र देश निर्माणमा गरेको संघर्षले हामीलाई नेपाली भनेर परिचय दिन सहज भएको छ । उहाँ सबैको साझा हो । कुनै पार्टी या कुनै बिषयसंग नजोडी उहाँको सम्मान सबै नेपालीले गर्नैपर्छ । बच्चादेखि पृथ्वीनारायणको जन्म्जयन्तीलाई हामीले सम्मानपूर्वक मनाएका छौं र अहिलेसम्म मनाउँदै छौं ।

अन्जली शाह
सर्बप्रथम त निकै खुशी लागेको छ । यस बर्षबाट सरकारले पुनः श्री ५ बडामाहाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयतीमा सार्बजनिक बिदा दियो । पहिला जस्तै फेरि उहाँको सम्मान हुनेछ भन्ने हामी नेपालीले आशा गरेका छौं । सानो छँदा हरेक वर्ष स्कुलमा पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउने हामी बिचमा सार्वजनिक बिदा कटौती गरेकोमा धेरै न्यास्रो लाग्ने गथ्र्यो । उहाँलाई हरेक नेपालीले सम्झिएकै छन् । उहाँलाई बिर्सिएमा नेपाली हुनुको औचित्र नै छैन ।

उत्सब सिजाली मगरयुवा नेता नेपाली कांग्रेस
श्री ५ बडामाहाराजधिराज पृथ्वीनारायण शाह र पुष २७ गते नेपालको ब्राण्ड नै हो । उहाँले नेपालको लागि गरेको योगदान के कति छ, यो भनेर साध्य हुने कुरै होइन । २२ सै २४ से मा टुक्रिएको राज्यलाई एक शुत्रमा बाँधी सिंगो नेपालको एकीकरण गर्ने माहान योद्धा हो उहाँ । उहाँले गर्दा आज हामी गर्वले नेपाली भनेर विश्व सामु चिनिएका छौं । हाम्रो देश नेपाल आफैमा लोकप्रिय छ, यो बडामाहाराजधिराज कै देन हो । हरेक नेपालीको मनमनमा उहाँ जिबितै रहनुभएको छ । पृथ्वीनारायण शाह र उहाँको योगदानलाई कसैले रत्तिभरी बिर्सिन खोज्यो भने त्यो वीर नेपाली होइन । उहाँको संझनामा सरकारले यो बर्षबाट सार्बजनिक बिदा दियो, यो देशबासीको लागि निकै हर्षको कुरा हो । पृथ्वीनारायण अमर रहुन् भन्दै उहाँको फोटोमा माल्यार्पण गर्ने र दिप प्रज्व्व्लन गर्ने छौं ।

Previous articleनेपालगञ्जको रामलीला मैदानमा बुधबार माघ महोत्सव हुँदै
Next articleवृत्तचित्र ‘माघ’ विमोचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here