दादुरा संक्रमितको संख्या १८०, खोप प्रगति ७५ प्रतिशत

नेपालगञ्ज । बाँकेमा दादुरा संक्रमितको संख्या १८० पुगेको छ । नेपालगञ्जमा १७६, खजुरामा ३ र कोहलपुरमा १ जना संक्रमित भेटिएका छन् ।

बाँकेमा देखिएका संक्रमितमध्ये शनिबारसम्म १३१ जना निको भएका छन । त्यस्तै ४४ जना संक्रमित घरमै आइसोलेसनमा रहेका छन् । शनिबार नेपालगञ्जमा २० जनामा संक्रमण देखिएको छ । नेपालगञ्जका १५ वटा वडामा दादुरा फैलिसकेको छ ।

यसका साथै नियन्त्रणका लागि संचालन भएको खोप अभियान प्रगतिमा बढिरहेको छ । २२ गतेदेखि शुरु भएको खोप अभियानमार्फत लक्षितको ७५.२१ प्रतिशतलाई खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालगञ्जका दादुरा प्रभावित वडाका लक्षित २२ हजार १ सय ९० जनसंख्यामध्ये शनिबारसम्म १६ सय ६ सय ८९ जनाले खोप लगाएका छन् । शनिबारमात्रै ३ हजार ८ सय ४४ बालबालिकाले खोप लगाएको नेपालगञ्ज उपमहानगरपालिकाका खोप फोकल पर्सन जागेश्वर बस्नेतले बताउनुभयो ।

पुस १२ गते दादुरा देखिएको नेपालगञ्जमा २२ गतेदेखि खोप अभियान चलिरहेको छ । ६ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लागाइएको छ । दादुराका कारण एक जना अढाई बर्षीय बालकले ज्यान गुमाइसकेका छन् ।

Previous articleप्रधानमन्त्री कप महिला क्रिकेटमा एपिएफ र लुम्बिनी विजयी
Next articleजहाज दुर्घटनामा २९ जनाको मृत्यु: प्राधिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here