फरवार्ड माईक्रोफाइनान्स लघुवित्त खजुराद्धारा मृत्यु दाबी रकम हस्तान्तरण

खजुरा । बाँकेको खजुरामा रहेको फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालयले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको छ । फरवार्ड शाखा कार्यालय खजुराको केन्द्र नं.०६४ धौलागीरीमा रहेको सदस्य स्व.उर्मिला कुमारी लामिछानेका छोरा रोहित लामिछानेलाई सोमबार मृत्यु दाबीको रकम हस्तान्तरण गरेको हो ।

खजुरा शाखाबाट स्व.लामिछानेले २०७८ असार २९ गते दुई लाख कर्जा लिनु भएको थियो । कर्जा बिमा गरे अनुसार कर्जा मिनहा र क्रिया खर्च गरी जम्मा दुई लाख ४० हजार यस संस्थाको लुम्बिनी प्रदेश कार्यालय नर्ति दाङ्गका कैलाश पोख्ररेल, शाखा कार्यालय खजुराका कार्यालय प्रमुख राकेश थारु, कर्मचारी खुशीलाल मुखियाको उपस्थितिमा स्व.लामिछानेको छोरा रोहितलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । संस्थाले ग्रामीणस्तरमा ग्राहक सदस्यसंग बचत, कर्जा, रेमिट्यान्सका साथै बिमाको कारोवार गर्दै अएको छ ।

Previous articleगोबिन्दा : हिरो बन्न २४ लाख गायत्री मन्त्रको उपासना
Next articleलुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने : मन्त्री केसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here