लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने : मन्त्री केसी

राजापुर । लुम्बिनी प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले बताउनुभएको छ । बर्दियामा सोमबार चौथो राजापुर नगरस्तरीय अन्तर विद्यालय मेयर कप तथा १५ औं राष्ट्रपती रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएका दलहरुसँग छलफल भइरहेकोले मन्त्रिपरिषद् विस्तारमा केही ढिलाई भएको उहाँले बताउनुभयो । ‘अहिले सत्ता गठबन्धन दल र विश्वासको मत दिएका दलहरुबीच छलफल भइरहेको छ । अबको केही दिनमा प्रदेश सरकारले पूर्णता पाउँछ’ मन्त्री केसीले भन्नुभयो ।

मन्त्रालय भागबण्डाको विषयमा समेत दलहरुबीच लगभग सहमती भइसकेको उहाँले दाबी गर्नुभयो । ‘दलहरुबीच धेरै विषयमा सहमती भइसकेको छ । भागबण्डाको विषयमा समेत त्यस्तो धेरै समस्या छैन’ मन्त्री केसीले भन्नुभयो, ‘अब १९-२० गतेसम्म प्रदेश सरकारले पूर्णता पाउँछ ।’आफुले जुनसुकै मन्त्रालय पाएपनि राजापुरको विकासका लागि नगरपालिकासँग सहकार्य र समन्वय गरेर काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

‘केही दिनमा प्रदेश सरकारले पूर्णता पाएसँगै मेरो मन्त्रालयको जिम्मेवारी समेत तोकिन्छ’ विना विभागीय मन्त्री केसीले भन्नुभयो, ‘जुनसुकै मन्त्रालय पाएपनि राजापुर नगरपालिकासँग सहकार्य गरेर मैले यहाँको विकासको लागि काम गर्छु ।’

उहाँले शिक्षा र खेलकुदलाई विद्यार्थीहरुले सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । खेलकुदसँगै शिक्षा समेत आवश्यक रहेकोले दुवैलाई विद्यार्थीहरुले सँगसँगै अगाडि बढाउनुपर्ने मन्त्री केसीले बताउनुभयो ।

Previous articleफरवार्ड माईक्रोफाइनान्स लघुवित्त खजुराद्धारा मृत्यु दाबी रकम हस्तान्तरण
Next articleशहिदकाे सम्झनामा काँग्रेस बाँकेद्वारा मानव सेवा आश्रममा एक छाक खाना प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here