मलको अनुदान कटौती फिर्ता नलिए आन्दोलन गर्ने संस्थाहरुको चेतावनी

काठमाडौं । रासायिनक मलको अनुदान कटौती गर्ने सरकारी निर्णय फिर्ता लिन माग गर्दै किसान हकहितमा काम गर्ने संस्थाहरु आन्दोलित भएका छन् । सरकारले किसानलाई कृषिबाट पलायन गराउने नियतकासाथ मलको अनुदान कटौती गरेको उनीहरुको आरोप छ ।

बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै अखिल नेपाल किसान महासंघ, नेपाल किसान महासंघ र नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संघले तत्काल अनुदान कटौती फिर्ता लिन माग गरेका हुन् । अनुदान घटाउँदा बढेको मलको मूल्यले किसानदेखि उपभोक्तासम्मलाई असर पुर्‍याउने उनीहरुको माग छ ।

‘सरकारले कटौती गरेको अनुदानका कारण किसान थप समस्यामा पर्छन्, उत्पादन घट्दा खाद्य सुरक्षामा आँच आउने अवस्था आउने देखिन्छ,’ तीनवटै संगठनले भनेका छन्, ‘तसर्थ सरकारले तत्काल अनुदान कटौतीको निर्णय फिर्ता लियोस् अन्यथा सडक आन्दोलन गर्नुपर्ने अवस्था आउँछ ।’

सरकारलाई अनुदान सम्बन्धी निर्णय सच्याउन र त्यसो नगरिए आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । ३ चैतदेखि सरकारलाई दबाबमुलक ज्ञापन पत्र बुझाउने र देशैभर आन्दोलनको तयारी गर्ने पनि तीन वटा संगठनको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

Previous articleराजापुरका सामुदायिक बिद्यालयको संयुक्त अनुगमन
Next articleविप्लवको धम्की : जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरु जीवनको ख्याल गर्नु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here