साना ब्यवसायीहको हितमा काम गर्ने : विकास थापा

नेपालगन्ज । यहि भदौ ६ गते नेपालगंज उधोग बाणिज्य संघको निर्वाचन हुँदैछ । निर्वाचनको माहोल निकै तातेको पनि छ अहिले नेपालगन्ज बजार ।

उम्मेदवारहरु बजारका प्रत्येक पसलमा पुगेर मतदातासंग भोट मागिरहेका छ्न । स्वतन्त्र प्यानेलबाट सदस्य पदको उम्मेदवार हुनुहुन्छ, युवा ब्यवसायी विकास थापा ।

थापाको बाल्यकाल ब्यापारिक बातावरणमा हुर्कियो । नेपालगन्जको घरवारीटोलमा विकासका बुवाले फम, गद्द्दा, बल्यान्केटको पसल श्री नगर इन्टरप्राइजेज संचालन गर्नु भएको थियो । जुन पसल अहिले पनि छ ।

विकासका भाइ प्रकाश थापा पनि युवा ब्यापारी नै हुनुहुन्छ । उहाँले नेपालगन्जमा श्री नगर फेसन ग्यालरी संचालन गरिरहनुभएको छ । विकाकी श्रीमती स्वता मल्लको पनि आफ्नै पेन्टको ब्यापार श्री नगर कलर हब छ ।

२०६३ सालमा एस एल सी पश्चात् विकासले आफ्नै ब्यवसाय न्यू भैरव कर्नर उधोग बाणिज्य संघमा दर्ता गर्नुभयो । हाल उहाँ युवा ब्यवसायी भएको २० बर्ष पुगेको छ । ‘उधोग बाणिज्य संघमा राजनीति हुनु हुँदैन, उधोग बाणिज्य संघ सबै ब्यापारीहरुको साझा थलो हुनुपर्छ । उधोग बाणिज्य संघमा सबै उमेर समूह समेटिनुपर्छ हामी युवाहरु पनि अब आउनुपर्छ ।,’ थापाले भन्नुभयो ।

उधोग बाणिज्य संघमा भइरहेको बेथिती र बिसंगतीविरुद्धमा हामी जस्ता युवाहरुले अब खबरदारी गर्नुपर्छ भन्ने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको विकासको दाबी छ । ‘अहिले यो अवस्थामा प्रत्येक दिन युवाहरु बिदेशिन बाध्य छ्न, अब हामी युवाहरु आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सन्देश पनि म युवहरु लाई दिन चाहन्छु ।,’ उहाँले भन्नुभयो ।

आफूले साना तथा मझौला तथा फुटकर ब्यापारीहरुको हकहितमा काम गर्ने उदेश्य साथ आफ्नो उम्मेद्बारी रहेको विकासको दाबी छ ।

Previous articleप्रभात माबिद्वारा नयाँ विद्यार्थीलाई स्वागत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here