चलचित्र क्षेत्रमा विशेष याेगदान पुर्‍याउने बाँकेमा दुई जना सम्मानित

नेपालगन्ज । चलचित्र क्षेत्रमा उल्लेखनीय याेगदान पुर्‍याएकाे भन्दै बाँकेमा दुई जनालाई सम्मानित गरिएको छ ।

चलचित्र पत्रकार संघ बाँके शाखाले आफ्नो दाेस्राे वार्षिकोत्सबकाे अवसरमा नेपाली चलचित्रकाे ईतिहासमा अहंम भूमिका लेख्ने बरिष्ठ निर्देशक कैलास प्रबिण तथा चलचित्र क्षेत्रमा कलम चलाउने फिल्मीपत्र डटकमका सम्पादक ज्ञानु संगम खडकालाई सम्मानित गरिएका हाे ।

सम्मान समाराेहकाे उद्घाटन शत्रमा बाेल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋृषि चाैलागाईले चलचित्र पकारिताले माेफसलमा नयाँ बिधा ल्याएकाे बताउनुभयाे ।

नेपाली चलचित्र र पत्रकारिताकाे ईतिहासलाई सम्झदै उपाध्यक्ष चाैलागाईले चलचित्र क्षेत्रका लागि खटिएका व्यक्तिहरूकाे कथा, आराेह अवराेहलाई पत्रकारले उठान गर्न आवश्यक रहेकाे बताउनुभयाे ।

पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामाेदर भण्डारीले संघले नेपाली चलचित्र र कलाका क्षेत्रमा गरेकाे कार्य सराहनीय रहेकाे बताउनुभयाे ।

उद्घाटन शत्रमा बरिष्ठ कलाकार श्यामानन्द सिह तथा सम्मानित निर्देशक कैलास प्रबिनले चलचित्रका क्षेत्रमा आफुहरूकाे समय, शुरूवात र अवस्थाका बारेमा जानकारी गराउनुभएकाे थियाे ।नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले बाँकेमा चलचित्र बिधामा कलम चलाउने कार्यलाई निरन्तरता दिएकाेमा धन्यवाद दिनुभयाे । उहाँले कलाकारकाे जमघट, चलचित्र प्रतिकाे जागरुकता र सक्रियतालाई पर्यटनसंग जाेडनुपर्ने बताउँदै अध्यक्ष ओलीले यहाँका विभिन्न ठाउँमा रहेका छायांकन स्थलहरूकाे प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउनुभयाे ।

प्रेस चाैतारी बाँकेका अध्यक्ष दुर्गा राेकायाले पछिल्लो समय संघकाे क्रियाशीलता निकै रहेकाे भन्दै संस्थालाई एकीकृत रूपमा अघि बढेकाे धारणा राख्नुभयाे ।

क्रियाशील महिला पत्रकार संघ बाँकेकाे अध्यक्ष सावित्री गिरीले चलचित्र बिधा मनाेरञ्जनकाे बिधा भएकाे र यसमा जसले हाम्राे कला संस्कृति हाे र यसकाे संरक्षण गर्नु हामी सबैकाे दायित्व भएकाे बुझ्नु हुन्छ उहाँहरूले सहज रूपमा कलम चलाउन सक्ने बताउनुभयाे ।

बागेश्वरी सिनेमाजका प्रबन्धक सन्जिव शाक्यले हालसम्म भएकाे साथ सहयाेग अतुलनीय रहेकाे बताउनुभयाे । पछिल्लो समय चलचित्र पत्रकार संघ नेपाली चलचित्रकाे सहयाेगीका रूपमा देखिएकाे बतनउनुभयाे ।

Previous articleएक अर्ब मानिस हैजाको जोखिममा
Next article२९ औं वार्षिक उत्सवको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here