
नेपालन्ज । महालक्ष्मी विकास बैंक लिमिटेडले संचालनको २८ वर्ष पुरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सकाे अवसरमा प्रादेशिक कार्यालय, लुम्बिनी ´ख` नेपालगंजले कारकाँदाेबाट वित्तिय साक्षरता अभियान र्याली आयोजना गरी मनाएको छ ।
बैंकले लुम्बिनी प्रदेशको प्रादेशिक कार्यालय नेपालगंज, कारकाँदाेबाट निस्किएको र्यालीमा प्ले कार्ड तथा ब्यानरसहित वित्तीय साक्षरता अभियानका सूचनाहरू रहेका थिए । साे र्याली नेपालगन्जको धम्बोझी चौक हुँदै माता बागेश्वरी मन्दिर पुगी सम्पन्न भएकाे थियाे ।
बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।
बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागि सम्पूर्ण शाखा कार्यालयहरुमार्फत बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, डेबिट कार्ड, एटिएम लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।
बाँकेमा नेपालगंज र कोहलपुर तथा बर्दियाको राजापुर र बाँसगढीमा रहेकाे शाखा कार्यालयमा कार्यरत कर्मचारीहरु साक्षरता अभियानमा साहभागि भएका थिए ।





