
नेपालगञ्ज । शारीरिक सुगठन तथा फिटनेश संघ बाँके रचना श्रेष्ठको नेतृत्वमा गठन गरिएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघको निर्देशन अनुसार बुधबार श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय बाँके जिल्ला तदर्थ समिति गठन गरिएको हो ।
बाँके जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष संन्दीप जंग शाहको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा रबि शंकर बर्मा, सचिवमा अरुण शर्मा, कोषाध्यक्षमा महेन्द्र सिंह ठकुरी, सहसचिवमा मंगल घर्तिमगर रहनुभएको छ ।
यस्तै सदस्यहरुमा क्रमश : करुणा शाह, सलिन कुरेसी, प्रेभित शाह र सुरेश थापा रहनुभएको छ ।





