‘लागूऔषधबाट टाँढा रहनु नै जीवनको सहि मार्गनिर्देश हुने’

नेपालगञ्ज । लागु औषध तथा दुव्र्यसनबाट टाँढा रहनु नै जीवनको सहि मार्गनिर्देश हुने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

लागूऔषध दुव्र्यसन बिरुद्धको कार्यक्रम अन्तर्गत उच्च जोखिम समुदाय लक्षित नेपालगञ्जमा बुधबार आयोजना गरिएको सचेतनामूलक कार्यक्रमका सहभागिहरुले यसबाट टाँढा रहनु नै सहि मार्गनिर्देश हुने कुरामा जोड दिएका हुन ।

जबसम्म मानिस लागूऔषधबाट टाँढा रहन्छ त्यतिबेलासम्म उसको जीवन सहजरुपमा चलिरहेको हुन्छ तर जब उसले लागूऔषधको प्रयोग गर्न शुरु गर्छ त्यपछि जीवनको बाटो नै मोडिएर अन्धकारतर्फ नै धकेलिँदै गएको सहभागिहरुको जोड थियो ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनौजियाले लागूऔषध प्रयोगका कारण घरबार बिग्रिनुका व्यक्तिको जीवन समेत नष्ट गर्ने गरेको बताउनुभयो ।

बिशेषगरी केही सामान्य खानेकुराहरुबाट शुरु हुने यसको लत बिस्तारै खतरातर्फ मोडिदै जाने भएकाले सकभर यस्ता बिकृतिबाट पर नै रहन कार्यक्रमका सहभागि युवाहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जका डा.तनविर अहमद खाँन, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नरेश बिकले लागू औषधको प्रभाव, घरेलु हिंसा र अवस्था नेपालमा रहेका कानूनहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रमको अध्यक्षता सहारा हाउस नेपालगञ्जका अध्यक्ष अभिराज क्षेत्रीले गर्नुभएको थियो ।

Previous articleआगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने, घर बाहिर ननिस्किन सुझाव
Next articleरचना श्रेष्ठको नेतृत्वमा शारीरिक सुगठन तथा फिटनेश संघ गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here