
खजुरा । बाकेकाे खजुरामा रहेकाे खजुरा क्षेत्र संरक्षण समितीले खजुरा बजारलाइ हरियाली युक्त बनाउन जनचेतनामूलक कार्यक्रम अघि बढाएकाे छ ।
खजुरा बजारलाइ सफा, सुग्घर र हरियाली बनाएर आकर्षक बनाउन समितीले निश्चित मापदण्ड बनाएर ब्यवसायीहरुलाई सजक बनाउँन जनचेतनामूलक कार्यक्रमलाई अघि बढाएकाे हाे ।
समितीले आईतवार खजुरा बजारमा बाटो भन्दा बाहिर रहेको तरकारी पसल, ठेला तथा फलफुलका पसललाई नालीदेखि भित्र राखेर कारोबार गरिदिन समेत अनुरोध गरेको छ ।
प्रत्येक महिनाको १५ गते बजारबाट निस्किनफोे फाेहोरलाइ समेत ब्यवस्थापन गर्ने समितिका अध्यक्ष प्रेम बुढाथोकीले जानकारी दिनुभयाे ।
समितिले बनाईएकाे नियमलाई कुनैपनि ब्यवसायीले आलटाल गरेमा दण्डित समेत गर्ने निर्णय गरेको छ ।





