
गुलरिया । मानव बेचविखन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा चेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
आइतबार गुलरियाको मुख्य बजार राधाकृष्ण चोेकमा माइती नेपाल बर्दियाको अयोजना, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिती बर्दिया, मानव बेचविखन तथा ओसारपसार नियन्त्रण स्थानिय समिती गुलरियाको समन्वयमा सडक नाटक गरिएको हो ।
गुलरिया स्थीत सुर्योदय सांस्कृतिक प्रतिष्ठानका कलाकारहरुले मानव बेचविखनको अवस्था, रोकथामको उपाय तथा घटनाको प्रकृति झल्किने सडक नाटक प्रदर्शन गरेको माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले जानकारी दिनुभयो ।
मानव बेचविखनको प्रत्येक प्रभावितलाई समेटौं, कसैलाई पनि पछाडी नछाडौं भन्ने मुल नाराका साथ यस वर्ष मानव बेचविखन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले मानव बेचिविखनको अवस्था कम देखिएको भएपनि सचेतनाको पाटोलाई थप मजबुत बनाउनु पर्ने बताउनु भयो ।
मानव बेचविखन जस्तो जघन्य अपराध नियन्त्रणका लागी सवैजना लाग्नुपर्ने उहाँको जोडछ । बर्दिया जिल्ला सिमानासंग प्रत्यक्ष जोडिएकाले सम्बद्ध सवैले चाँसोका साथ सहयोग गरि जुनसुकै सामाजिक अपराधलाई पनि निवारण गर्नुपर्ने बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले मानव बेचविखनका लागी विभिन्न सामाजिक संस्थाले गरेको तथा नगरपालिकाको पहल प्रशंसनिय रहेको भन्दै खुला सिमा भएकोले सवैजना नियन्त्रणका लागी लागीपर्ने उल्लेख गर्नुभयो ।
मानव वेचविखनका नियन्त्रणका लागी गुलरिया नगरपालिकाले समेत विभिन्न ग्रामिण भेगहरुमा सचेतना मुलक कार्यक्रम गर्ने बताउनुभयो । सामाजिक विकृति विरुद्ध समाजिक संघसंस्था तथा स्थानिय पालिकाहरुले समन्वयात्मक भुमिका खेल्नुुपर्ने बताउनु भयो ।
चेतनामुलक सडक नाटक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, गुलरिया नगरपालिकाकी नगरउपप्रमुख सावित्रा गौतम, जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरिक्षक सुधिरराज शाही, सामुदायिक सेवा केन्द्र लगायत विभिन्न संघसंस्था सहित समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगतका अगुवा लगायत स्थानीयको उपस्थितीमा कार्यक्रम गरिएको माइती नेपाल बर्दियाले जनाएको छ ।






