सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कारबाही गर्न काँग्रेस बाँकेकाे माग

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले पार्टीका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घोर भत्र्सना र निन्दा गरेको छ ।

पार्टीले यो जघन्य घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ ।

सभापति नारायणप्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यादवमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भएर पक्राउ पनि परिसकेको अवस्थामा निजमाथि कडा कारवाहीको माग गर्नुभयाे ।

रिपोर्टर्स क्लबको कार्यक्रममा आफना धारणा राखेर बाहिर निस्कने क्रममा भएको घटनाले अभिब्यक्ति स्वतन्त्रता र शान्ति सुरक्षाको अवस्थाबारे पनि गम्भीर प्रश्न उब्जेको उल्लेख गर्दै गौडेलले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसंग माग गर्नुभयाे ।

साथै नेपाली कांग्रेस बाँकेले सहमहामन्त्री यादवको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Previous articleमंसिर-९ मा नेपालगञ्ज दौडिन्छ
Next articleमानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहको प्रभावकारी भूमिका आवश्यक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here