
पवन जायसवाल, नेपालगञ्ज । बर्दिया जिल्लामा “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व, कर्तब्य हो भने निःशुल्क रगत पाउनु पिडित पक्षको नैसर्गिक अधिकार हो“ भन्ने मूल नाराका साथ नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दियाद्वारा चौथौ पटक रक्तदान कार्यक्रम गरिएको छ ।
आयोजित कार्यक्रममा रक्तदाता समाज बारबर्दियाका अध्यक्ष गंगाराम पाठक लगायत महिला पुरुष गरी ४७ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी उप-शाखा बारबर्दियाको प्राविधिक सहयोग, बारबर्दिया नगरपालिकाको संरक्षकत्व, उद्योग वाणिज्य संघ बारबर्दिया, विकास प्रेमी युवा समूह बारबर्दिया, लायन्स क्लब अफ मगरागाडी, बी गु्रप, नागरिक समाज बारबर्दिया, विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड जयनगर, सदाशिव बचत तथा ऋण सहकारी संस्था लिमिटेड जयनगर, श्री जनशक्ति करेलिया सामुदायिक वन उपभोक्ता समूह बारबर्दिया नगरपालिका वडा नं.-५ बर्दियाको समन्वय/सहकार्यमा बारबर्दिया नगरपालिका वडा नं.-६ जयनगरमा उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रममा रक्तदाता समाजका जिल्ला सचिव श्यामलाल थारु, नेपाल रेडक्रस सोसाइटी उप-शाखा बारबर्दियाका सभापति श्रीराम चौधरी, सबिना थारु लगायत समाज बारबर्दियाका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।





