बर्दियामा एक प्रधानाध्यापक घुससहित पक्राउ

गुलरिया । बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नं-७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग्नुभएको जनाइएको छ । उक्त सूचनाको आधारमा खटिएको टोलीले उपाध्यायलाई वडा नम्बर-४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उपाध्यायले १४ हजार पाँच सय रुपैयाँ घुस लिएको प्रवक्ता दाहालले बताउनुभयो भने अख्तियारले उपाध्यायमाथि थप अनुसन्धान अघि बढाएको छ ।

Previous articleबारबर्दियामा ४७ जनाद्वारा रक्तदान
Next articleसल्यानी समाज बाँकेको तीज मिलन कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here