पाँच वर्षमा बेचबिखनमा परेका एक हजार छ सय बढीको उद्धार

काठमाण्डौं । पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ ।

नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरूको उद्धार गरिएको हो ।

ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लामा रहेका प्रहरी कार्यालयबाट उद्धार गरिएको छ ।

ब्युरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ । यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच जना पुरुष रहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको एसएसपी श्रेष्ठले बताउनुभयो ।

यस्तै आव २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो । वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उहाँले बताउनुभयो ।

Previous articleकर्णालीमा किसानलाई १७ प्रकारका अनुदान दिने
Next articleमाइक्रोले ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here