माइक्रोले ठक्कर दिँदा एकको मृत्यु, पाँच घाइते

दाङ । दाङको टरिगाउ एअरपोर्ट नजिकै माइक्रोले अटोलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ गोलौराका १३ वर्षका दामोदर भण्डारीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बिहान रा १ ह ४४५९ को अटोलाई लु २ ख ५९१८ नम्बरको माइक्रोले एअरपोर्ट नजिकै स्टार बोर्डिङ चोकमा ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

Previous articleपाँच वर्षमा बेचबिखनमा परेका एक हजार छ सय बढीको उद्धार
Next articleबाल विवाह न्यूनिकरणमा उल्लेख याेगदान पुर्‍याउएकाे भन्दै विभिन्न संस्था सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here