
कम्दी । बाँकेको डुडुवा गाउँपालिका वडा नं-५ स्थित कम्मरशाह मेलमा संचालन भएको पालिकास्तरीय नेपाली लोक सांस्कृतिक नृत्य प्रतियोगितामा जनचेतना किशोरी क्लबले प्रथम पुरस्कार प्राप्त गरेको छ ।
नव दुर्गा युवा क्लबको आयोजनामा संचालन भएको एक दिने प्रतियोगितामा जनचेतनासँगै सगरमाथा ईंग्लिस मिडियम स्कुल दोस्रो र बाँके फ्यूचर एकेडमी तृतीय स्थान प्राप्त गरेको छ । क्लबका अध्यक्ष निर्मण चन्दको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं-४ का वडा अध्यक्ष सगिर खाँ, वडा नं-५ का वडा अध्यक्ष झंक बहादुर थापा, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा बिजेता बनेसंगै जनचेतना स्कुलले १५ हजार, दोस्रो सगरमाथाले १० हजार र तेस्रो भएको बाँके फ्यूचरले ५ हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितालाई भब्य बनाउनका लागि प्रतिस्पर्धाबाहेकका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा चर्चित लोकदोहोरी गायक गोपाल नेपाल जिएम र शक्ति चन्दको धमाकेदार प्रस्तुतीले मेला भरिभराउ रहेको थियो । पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहनुभएका समाजसेवी बेल बहादुर बोहराले कार्यक्रम संचालन गर्नुभएको थियो ।
कार्यक्रममा राप्ती तटीय बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष खिम बहादुर बुढाथोकी, स्थानीय समाजसेवी कामता सोनकर, कमल बुढाथोकी, भोला प्रसाद यादव, मंगा प्रसाद यादव, जाहिर यादव, इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख टेक बहादुर शाह, स्थानीय समाजसेवी एवं समयपत्र डटकमका सम्पादक सूर्यलाल यादव, ज्ञानदिप माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एव साहित्यकार कृष्ण गिरी (मधुवन) लगायतको उपस्थिति रहेको थियो ।











