राप्तीसोनारीमा सिकलसेल र थालेसेमिया रोग पहिचान (स्क्रिनिङ) शिविर

राप्तीसोनारी । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल र थालेसेमिया रोग पहिचान (स्क्रिनिङ) शिविर शुरु भएको छ । स्वास्थ्य कार्यालय बाँके र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा आज (मंगलबार) बाट स्क्रिनिङ शिविर संचालन गरिएको हो ।

राप्ती सोनारी वडा नं १ खासकुस्माका राप्ती नदि पारिका विकट तथा छरिएको बस्तीहरुबाट लक्षित समुहहरु (थारू, खुना र कुमाल जाति) का नागरिकहरुको गाउँघर तथा बस्ती मै पुगेका स्वास्थ्यकर्मीको टोलीले मंगलबार ३५ जनाको रगतको नमूना संकलन गरेको छ ।

संकलित नमूनाको जाँचका लागि कोहलपुर नगरपालिकाको सिकलसेल ल्यावमा शिविर संचालन भएको दिनमा नै पठाइने व्यवस्था मिलाइएको छ । शिविरको खासकुस्मा स्वास्थ्य चौकी प्रमुख अमर सिंह महतारा, सि.अ.हे.ब.हरि बस्नेत र ल्याब टेक्निसियन चौधरीले नमूना संकलन गर्नुभएको थियो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार यो नमुना संकलन शिविर हरेक हप्ताको ३ दिन आगामी चैत्र मसान्तसम्म लगातार संचालन गरिनेछ । सूचना अधिकारी श्रेष्ठका अनुसार यो समुदायमा करिव तीन हजार नमूना संकलनको लक्ष्य लिइएको छ ।

शिविरमार्फत प्रत्येक दिन ३० देखि ४० वटा नमुना संकलन गर्ने र सोको जाँच कोहलपुरमा निर्धारण गरिएको ल्याबले जाँच गर्ने गरि राप्तीसोनारीले सम्झौता समेत गरेको छ । स्वास्थ्य कार्यालय बाँकेको तथ्याँक अनुसार आर्थिक वर्ष २०७८-२०७९, २०७९-२०८० र २०७९-२०८० गरी तीन पटक संचालित शिविरमार्फत ३३ जनामा सिकलसेल र १ जनामा थालेसेमिया संक्रमण फेला परेको थियो ।

Previous articleकोहलपुरको विकास निमित्त सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता
Next articleपालिकास्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगितामा जनचेतना प्रथम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here