
डुडुवा । बाँके डुडुवा गाउँपालिकाको १५औँ गाउँसभामा गणपुरक संख्या नपुगेर स्थागित भएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्धारा बिहीबार दिउँसो आह्वान गरिएको १५औँ गाउँसभा बैठकमा गणपुरक सदस्यहरुको संख्या नपुगेपछि स्थगित भएकाे हाे ।
गणपुरक संख्या नपुगेपछि सूचना टाँस गरि सभा स्थागित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताउनुभयो । उहाँका अनुसार अर्को सूचना जारी नभएसम्म बैठक स्थागित भएको हो ।





