पुर्व अध्यक्ष बस्नेतलाई सम्झदै महिला उद्यमीद्वारा शोक सभा

नेपालगन्ज । पुर्व अध्यक्ष कुसुम बस्नेतको सम्झनामा महिला उद्यमी संघ नेपाल बाँकेले बिहिबार शोकसभा गरेको छ । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २ स्थित संघको कार्यालयमा पुर्व अध्यक्ष बस्नेतलाई सम्झदैं महिला उद्यमीहरुले शोक सभा गरेका हुन् ।

महिला उद्यमी संघ नेपाल बाँकेको संस्थागत विकाससँगै महिला उद्यमीको नेतृत्व विकासमा महत्वपुर्ण योगदान गर्नुभएकी बस्नेतको बस दुर्घटनामा मृत्यु भएको थियो । नेपालगन्जबाट काठमाडौं जाने क्रममा गत पुष २७ गते दाङको भालुवाङमा भएको बस दुर्घटनामा बस्नेतको मृत्यु भएको थियो ।

बस्नेत २०६८ देखि २०७० सालसम्म महिला उद्यमी संघ नेपाल बाँकेको अध्यक्षको रुपमा रहनु भएको थियो । अम्बेश्वरी छापाखानाबाट व्यवसायमा सक्रिय बस्नेत नेपालगन्जमा सफल महिला उद्यमीको रुपमा परिचित हुनुहुन्थ्यो ।

बिहिबार स्व.बस्नेतको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै समवेदना प्रकट गर्दै शोक सभा गरिएको महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताउनुभयो ।

शोक सभामा महिला उद्यमी संघ नेपाल बाँकेको निर्वतमान अध्यक्ष निरुपमा रस्तोगी, पुर्व अध्यक्ष कमला टण्डन, सुशिला गौतम, अन्जु गुरुङ, प्रथम उपाध्यक्ष रेवती सिंह, दिृतिय उपाध्यक्ष आभा गौतम, तृतिय उपाध्यक्ष बबिता मैनाली, महासचिव सरिता शाक्य, कोषाध्यक्ष बिन्दु चर्तिमगर तथा कार्यसमितिका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।

पुर्व अध्यक्षको निधनले महिला उद्यमीको क्षेत्रमा अतुलनिय क्षति पुगेको भन्दै महिला उद्यमी संघ नेपाल बाँकेले १३ दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

Previous articleडुडुवाकाे गाउँसभा स्थगित
Next articleचिसाेका कारण बाँकेमा केही दिन बिद्यालय बन्द, डुडुवाले पनि दियाे बिदा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here