अवैध चार हजार बढी भारतीय कुखुराका चल्ला नियन्त्रण

नेपालगञ्ज । बाँके प्रहरीले साढे चार लाख बराबरको अवैध भारतीय ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ ।

प्रहरीले डुडुवा गाउँपालिका वडा नं-६ स्थित अहिरापुर्वाबाट अवैधरुपमा नेपला ल्याउन लागिएको चार हजार पाँच सय कुखुराका चल्ला नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार भारतबाट भन्सार छली नेपाल ल्याइँदै गरेको अवस्थामा अन्दाजी चार लाख ५० हजार रुपियाँ बराबरको अवैध भारतीय ब्रोइलर कुखुराको चल्ला बरामद गरिएको छ ।

ईलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरी टोलीले उक्त चल्ला फेला पारेको थियो । बरामद चल्ला आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जमा पठाइएको छ ।

Previous articleभारततर्फ निकासी हुन लागेको ठुलो मात्राको चुरोट बरामद
Next articleशुल्क कार्यान्वयन अवस्थाबारे संस्थागत विद्यालयहरुमा अनुगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here