भारततर्फ निकासी हुन लागेको ठुलो मात्राको चुरोट बरामद

नेपालगञ्ज । बाँके प्रहरीले ठुलो मात्रामा अबैध रुपमा भारत जान लागेको चुरोट बरामद गरेको छ । प्रहरीले बुधबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं १५ स्थि जमुनाहा हुँदै भारत पठाइने अबैध एक हजार दुई सय ८० प्याकेट चुरोट नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले भारत ढुवानी गर्न लागिएको सो चुरोटसहित संलग्न ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्त एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

एक लाख अन्ठाउन्न हजार सात सय बिस रुपैयाको अन्दाजी मुल्य रहेको सो चुरोट आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाईएको छ ।

Previous articleप्रेस युनियन बाँकेद्वारा २०८१ सालको भित्तेपात्रो सार्वजनिक
Next articleअवैध चार हजार बढी भारतीय कुखुराका चल्ला नियन्त्रण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here