पेट्रोलियम पदार्थको मुल्य घट्यो

नेपालगञ्ज । सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको निगमले जनाएको छ ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ ७५ पैसा र डिजेलमा ५ रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ । खाना पकाउने ग्यासको मुल्य भने यथावत छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।

Previous articleशारदा सहकारी अनुगमन, ब्यवस्थित बनाउन ‘कार्यान्वयन योजना’ पेश गर्न निर्देशन
Next articleराप्ती सोनारी ५ द्वारा ८ बुँदे प्रतिबद्धता घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here