नेपालगञ्ज । “म त हेरेको हेरेई भए” जब कसैलाई माया गरिन्छ तब हेरेकै हेरेई भईन्छ यो हामी सबैलाई थाहा नै छ किनकी जब कसैलाई माया गरिन्छ त्यतिबेला संसार नै उसैमा देखिन्छ, त्यही भएर होला दिनेश केसीले जुना कार्कीलाई म त हेरेको हेरेई भए तिमीलाई देखेर भनेका छन ।
दिनेश केसीले जुना कार्कीलाई नेपालको रमणिय स्थान मुस्ताङमा सो कुरा भनेका हुन । शंकर अधिकारी घायलको शब्द, राजेन्द्र बजगाईको संगित, प्रताप दास र बिशाखा शाही ठकुरीको आवाज रहेको म त हेरेको हेरेई भए बोलको गीत दोलखा फिल्मस् यु ट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।
आदित्य बुढाथोकीको निर्देशन रहेको गीतमा दिनेश केसी र जुना कार्कीको अभिनय,नवराज उप्रेतीको छायाकंन,पदम शुबेदीको सम्पादन र मिलन बिश्वकर्माको कलरिङ्ग रहेको छ भने केशव राज भट्टको कारीयोप्राफी र बिमला तामाङ्गको मेकअप रहेको छ ।
यस गीतमा मनोज परियारको मिक्स माष्टिरिङ्ग, राजेन्द्र बजगाईको संगित संयोजन रहेको छ । गीतलाई म्युजिक किचन स्टुडियोमा रेकडिङ्ग गरिएको हो ।